आठ महिनामा करिब एघार हजार अफगानी शरणार्थी स्वदेश फर्किए : यूएनएचसीआर
नेपालखोज
२०८० असोज १८ गते २१:१५

काबुल । सन् २०२३ को सेप्टेम्बर १ सम्म १० हजार ९७१ जना अफगानी शरणार्थी स्वदेश फर्केका संयुक्त राष्ट्रसङ्घीय शरणार्थी नियोग (यूएनएचसीआर)ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ ।
तीमध्ये ९६ प्रतिशत पाकिस्तानबाट, तीन प्रतिशत इरानबाट र एक प्रतिशत अन्य मुलुकबाट अफगानिस्तानका विभिन्न राज्यमा फिर्ता आएका र उनीहरुको गृहनगर वा गाउँमा जाने तयारी गरिरहेका यूएनएचसीआरले जनाएको छ ।
प्रतिवेदनमा सन् २०२३ मा आन्तरिक रुपमा विस्थापित भएका करिब पाँच हजार १५० व्यक्ति अफगानिस्तानमा रहेको आफ्नो मूल थलोमा फर्केको उल्लेख छ ।
सङ्गठनका अनुसार डिसेम्बर ३१, २०२२ सम्ममा अफगानिस्तानमा द्वन्द्वका कारण अनुमानित ३२ लाख ५० हजार मानिस आन्तरिक रूपमा विस्थापित भएका थिए । करिब ५२ लाख व्यक्ति छिमेकी मुलुकहरूमा शरणार्थीका रूपमा पुगेका थिए । रासस/सिन्ह्वा
सम्बन्धित








प्रतिक्रिया