इजरायलबाट व्यवसायिक उडानमार्फत फर्किन चाहने नेपालीको हवाई टिकट सरकारले बेहोर्ने
नेपालखोज
२०८० असोज २४ गते १९:०७

काठमाडाैं । इजरायलबाट व्यवसायिक उडानमार्फत फर्किन चाहने नेपालीको हवाई टिकट सरकारले बेहोर्ने भएको छ ।
सरकारले चाटर्ड उडानमार्फत इजरायलमा रहेका विद्यार्थीहरूको उद्धार गर्दैछ । सोही आधारमा कोही व्यवसायिक उडानमार्फत आउन खोजेमा त्यसमा लागि लाग्ने हवाई टिकट सरकारले बेहोर्ने भएको हो ।
इजरायलमा रहेका नेपालीको उद्धार गर्न सरकारले आज २५० सीट क्षमताको नेपाल एयरलाइन्सको जहाज दुबई हुँदै इजरायल पठाउँदै छ ।
हाल इजरायलमा रहेका २८८ नेपालीले स्वदेश फर्कन चाहेका छन् । उनीहरूमध्ये २५० जनालाई आज राति पठाइने जहाजले नेपाल ल्याउने छ ।
सम्बन्धित
प्रतिक्रिया