मेलामा गोली चल्दा टेक्सास मेलामा तीन जना घाइते
नेपालखोज
२०८० असोज २८ गते १७:०२

ह्युस्टन । टेक्सासको डलासमा चलिरहेको मेलामा शनिबार राति भएको गोलीकाण्डमा तीन जना घाइते भएका छन् ।
स्थानीय समय अनुसार बेलुका ८ नबज्दै खाद्य परिकार स्थल नजिकै भएको गोलीकाण्डमा शङ्कास्पद देखिएका एक व्यक्तिलाई हिरासतमा राखिएको डलास प्रहरी विभागले जनाएको छ । अधिकारीहरूले गोली चलेको खबर पाए लगत्तै सो पार्क खाली गर्न घटनास्थलमा पुगेका थिए ।
एक व्यक्तिले अर्का व्यक्तिलाई गोली हानेर तीन जना घाइते बनाएको प्रारम्भिक अनुसन्धानले देखाएको डलास प्रहरीले जनाएको छ । घटनाको छानबिन भइरहेको छ ।
सम्बन्धित








प्रतिक्रिया