कोशी प्रदेश : प्रवक्तामा शमशेर राई, सडक सुरक्षा प्रभावकारी बनाउने र राजस्व चुहावट रोक्ने निर्णय
नेपालखोज
२०८० असोज २८ गते १९:२८

विराटनगर । कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री शमशेर राईले पाएका छन् । केदार कार्की सरकारको आइतबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रवक्तामा बिनाविभागीय मन्त्री राईलाई जिम्मेवारी तोकेको हो ।
मन्त्रिपरिषद्ले प्रादेशिक सडक सुरक्षा प्रभावकारी बनाउने र राजस्व चुहावट रोक्ने निर्णयसमेत गरेको भएको प्रवक्ता राईले जानकारी दिए । शनिबार नियुक्त भएका मुख्यमन्त्री केदार कार्कीले सोमबार शपथ ग्रहणपछि कार्यभार सम्हालेका छन् ।
सम्बन्धित
प्रतिक्रिया