नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियाे, अब पानी पर्छ ?
नेपालखोज
२०८० असोज २८ गते १९:३८

काठमाडौं । नेपालबाट यो वर्षको मनसुन प्रणाली आइतबार बाहिरिएको छ । नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो वर्ष १३ दिन ढिलो गरी मनसुन बाहिरिएको महाशाखाले जानकारी गराएको छ । यो वर्ष जुन १४ (जेठ ३१) मा नेपालमा मनसुन भित्रिएको थियो ।
वर्षा हुने
पश्चिमी न्यूनचापीय प्रणालीका कारण सोमबार (भोलि)देखि नेपालका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ ।
सम्बन्धित
प्रतिक्रिया