गठबन्धन सरकार नढल्ने नेता नेपालको दाबी
नेपालखोज
२०८० असोज २८ गते २०:३९

कर्णाली । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकार कुनै पनि हालतमा नढल्ने दाबी गरेका छन् ।
वीरेन्द्रनगरमा आज आयोजित समाजवादी जागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन सरकार ढाल्न धेरै प्रयास भइरहेको तर त्यो सम्भव नहुने बताए ।
पछिल्लो समयमा एकीकृत समाजवादीले मुलुकमा व्याप्त बेथितिविरुद्ध जागरण अभियान सञ्चालन गरेको स्पष्ट गर्दै नेता नेपालले जनतालाई साथमा लिएर पार्टीलाई बलियो बनाउने बताए । पूर्वप्रधानमन्त्री नेपालले विभिन्न कालखण्डमा आफूले नेकपा एमाले निर्माणमा योगदान गरेको बताए ।
जागरण अभियानमा नेकपा (एस)का महासचिव घनश्याम भुसाल, उपमहासचिव प्रकाश ज्वालालगायत नेताले पार्टी सङ्गठनका विविध पक्षबारे मन्तव्य व्यक्त गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया