रोचक : यी पेय पदार्थ सर्वाधिक पिउने गर्छन् मानिस

काठमाडौं । अनुमान गर्नुहोस् मानिसहरूले सर्वाधिक पिउने पेयको पहिलो नम्बरमा के छ ?
९ – एनर्जी ड्रिंक यो सूचीको नवौं स्थानमा छ । पछिल्लो समय यसको उपभोग ह्वात्तै बढेको छ ।
८ – भोड्का आठौं नम्बरमा छ। पूर्वी युरोप तथा उत्तर अमेरिकाका मानिसहरूमा यसको ठुलो क्रेज छ ।
७ – वाइन यो सूचीको सात नम्बरमा छ । वाइनको उपस्थितिले कुनै पनि जमघटमा आकर्षण थप्छ ।
६ – सफ्ट ड्रिंक्सहरु छैठौं नम्बरमा छन् र यसका पारखिहरू विश्वभर पाइन्छन ।
५ – नम्बर पाँचमा बियर छ र यो यहाँ हुनुमा कुनै आश्चर्यको कुरा छैन ।
४ – सुन्तलाको जुस चौथो नम्बरमा हुने कति जनाले सोच्नुएको थियो रु विश्वास गर्नुहोस् यो सत्य हो ।
३ – कफीले तेस्रो नम्बरमा आफ्नो बलियो उपस्थिति दर्ता गरेको छ ।
२ – चिया प्रेमीहरु संसारभर पाइन्छन । त्यसै यो दोस्रो स्थानमा छ ।
१ – पानी बिना केही पनि छैन । पानी हाम्रो जीवनको आधार हो । तपाईहरु मध्ये कतिले नम्बर १ मा पानी आउँछ भनेर अनुमान गर्नुभएको थियो ?
प्रतिक्रिया