इजरायल-हमास युद्ध रोक्ने संयुक्त राष्ट्रसंघकाे प्रस्ताव पारित, इजरायलद्वारा अस्वीकार
नेपालखोज
२०८० कार्तिक ११ गते १०:४५

काठमाडौं । संयुक्त राष्ट्रसंघले इजरायल-हमास युद्ध रोक्ने प्रस्ताव पारित गरेको छ । संयुक्त राष्ट्रसंघको महासभाले गाजामा तत्काल दिगो ‘मानवीय युद्धविराम’को माग गर्दै प्रस्ताव पारित गरेको हो ।
युद्ध विरामको पक्षमा नेपालसहित १२० देशले मतदान गरेका छन् । १४ देशले विपक्षमा मतदान गरेका छन् । ५४ देश भने मतदानमा सहभागी भएनन् ।
अमेरिकाको न्यूयोर्कमै बैठक बसेको थियो । बैठकबाट युद्ध विराम गर्ने प्रस्ताव पारित भए पनि इजरायलले भने अस्वीकार गरेको छ ।
सम्बन्धित








प्रतिक्रिया