शनिबार, पुष ५, २०८२

एकैदिनमा ६ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

नेपालखोज २०८० कार्तिक २६ गते १९:४३

काबुल । पाकिस्तानबाट शनिबार एकै दिनमा ६ हजारभन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फर्किएका छन् । शरणार्थी तथा स्वदेश फिर्ता मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार पाकिस्तानमा वर्षौँदेखि बस्दै आएका एक हजार ५१ परिवारका ६ हजार एक जना अफगानीहरू शनिबार तोर्खाम र स्पिन बोल्दाक नाका हुँदै स्वदेश फर्किएका छन् ।

पाकिस्तानमा बसोबास गर्ने गैरकानुनी शरणार्थीहरूलाई निर्वासित गर्ने इस्लामावादको निर्णयपछि दुई लाखभन्दा बढी अफगान शरणार्थीहरू मातृभूमि अफगानिस्तान फर्किएका छन् ।

पाकिस्तानमा २५ लाखभन्दा बढी अफगान शरणार्थी बसोबास गर्दै आएको बताइएको छ । अफगान कार्यवाहक प्रशासनले हिउँदअघि फर्केकाहरूलाई अस्थायी आश्रयसहित आवश्यक सुविधाहरू उपलब्ध गराउने बताउँदै आएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया