मंगलबार, वैशाख १८, २०८१

नेपालका ८ जिल्ला कोरोना मुक्त

नेपालखोज २०७७ साउन ४ गते १६:४०

काठमाडौँ । नेपालका ८ जिल्ला कोरोना मुक्त भएका छन् । हालसम्म भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला गरी ८ जिल्ला कोरोनाभाइरस संक्रमण मुक्त, रहेको गौतमले जानकारी दिए ।

त्यस्तै, आज ५८ जना डिस्चार्ज भए संगै नेपालमा कोरोनाभाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या ११ हजार ६९५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारसम्म संक्रमणमुक्त हुनेको संख्या ११ हजार ६९५ अर्थात ६६.२४ प्रतिशत पुगेको जानकारी दिए ।
आइतबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले बितेको २४ घण्टामा २७ प्रयोगशालाबाट ३ हजार ७४१ जनाको नमुना परीक्षण भएको जानकारी दिए ।

त्यस्तै, नेपालमा आइतवार आज थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले आज १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा संक्रमितको कुल संख्या १७ हजार ६ सय ५८ पुगेको जानकारी दिए ।

डा. गौतमका अनुसार हाल देशभर क्वारेन्टाइनमा २२ हजार ६६२ जना रहेका छन् । भने आईसोलेशनमा ५ हजार ९२३ जना रहेका छन् । रौतहट, कैलाली र बाजुरा जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

विगत २४ घण्टामा २७ प्रयोगशालाबाट ३ हजार ७ सय ४१ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कुल ३ लाख १५ हजार बढीको पिसिआर परीक्षण भएको छ । भने ४० जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया