जिम्बाब्वेको हरारेमा हैजा फैलिएपछि संकटकाल घोषणा
नेपालखोज
२०८० मंसिर १ गते १८:०९

काठमाडौं । जिम्बाब्वेको राजधानी हरारेमा हैजा फैलिएपछि संकटकाल घोषणा गरिएको छ । हैजाका कारण हरारेमा दर्जनौंको मृत्यु भएको र ७ हजार बढी बिरामी परेको बिबिसीले जनाएको छ ।
हरारेका मेयर आयन मैकोनलाई उदृत गर्दै स्थानीय मिडियाले लेखेका छन्, ‘हामीले हैजाका कारण संकटकाल घोषणा गरेका छौं ।’
हरारेको प्रशासनका अनुसार पूरै शहरमा तिव्र गतिमा हैजा फैलिएको छ, जसले सन् २००८ को स्थितिलाई सम्झाएको छ ।
सन् २००८ मा जिम्बाब्वेमा हैजा फैलिँदा 4 हजार जनाको मृत्यु भएको थियो भने १ लाख बढी बिरामी परेका थिए ।
सम्बन्धित








प्रतिक्रिया