मंगलबार, पुष १, २०८२

चीन-मंगोलिया सीमा बन्दरगाह व्यापारको मात्रा बढ्दै

नेपालखोज २०८० मंसिर १ गते १८:४०

होहोट । चीन-मंगोलिया सीमामा रहेको सबैभन्दा ठूलो भूमि बन्दरगाह एरेनहोटले यस वर्ष आयात र निर्यात कार्गो मात्रामा वृद्धि भएको जनाएको छ ।

स्थानीय भन्सार कार्यालायले जनाए अनुसार उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको बन्दरगाहले यस वर्ष, शुक्रबारसम्म १ करोड ५० लाख टनभन्दा बढीको आयात र निर्यात कार्गो थ्रुपुट ह्यान्डल गरेको छ जुन गत वर्षको तुलनामा ३३.४ प्रतिशतले बढी हो ।

बन्दरगाहबाट हुने आयात र निकासीमा मुख्यतया सवारी साधन, सेलफोन, कोइला र काठ समावेश रहेको स्थानीय भन्सारका एकजना अधिकारीले जनाएका छन् । हालसम्म बन्दरगाहले १० भन्दा बढी देशहरूमा ६० भन्दा बढी विदेशी गन्तव्यहरू जोड्दै चीन-युरोप मालवाहक रेलहरूको १३,००० भन्दा बढी यात्राहरू तय गरेको छ ।

प्रतिक्रिया