हरि बस्याललाई सञ्चार सचिवमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय
नेपालखोज
२०७७ साउन ५ गते २२:०१
काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को वैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा हरिप्रसाद बस्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । करीव डेढवर्ष अघि सचिवमा बढुवा भए लगतै गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयको प्रमुख सचिवका रुपमा कार्यरत बस्याललाई आजको वैठकले सञ्चार सचिवमा सरुवा गरेको हो ।
बस्याल सचिव हुनुभन्दा अगाडि अर्थ मन्त्रालयमा सहसचिवका रुपमा दुई वर्ष काम गरिसकेकका व्यक्ति हुन् भने चीनको स्वशासित प्रदेशका रुपमा रहेको तिव्वतको ल्हासामा नेपाली महाबाणिज्यदूतका रुपमा समेत काम गरिसकेको छन् ।
निकै इमान्दार र मेहनती सचिवका रुपमा आफ्नो छवि बनाएका बस्याल प्रदेशमा रहेका सचिवहरु मध्ये वरियता क्रमका सिनियर सचिव रहेको बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया