मंगलबार, पुष १, २०८२

दक्षिण पश्चिम पाकिस्तानमा ४ जना आतङ्कवादी मारिए

नेपालखोज २०८० मंसिर ७ गते १८:४३

पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा बिहीबार चार जना आतङ्ककारीहरू मारिएका छन् । प्रहरीको आतङ्कवाद विरोधी विभागले गरेको कारबाहीमा चार आतङ्ककारी मारिएको प्रहरीको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सो घटना तुर्बत जिल्लामा भएको थियो । प्रहरीले एउटा कम्पाउन्डमा आतङ्ककारीहरूको उपस्थितिको बारेमा गुप्तचर सूचनाको आधारमा कारबाही सञ्चालन गरेको थियो ।

प्रहरीले छापा मार्दा आतङ्ककारीहरूले प्रहरी माथि गोली प्रहार गरेका थिए भने, त्यसको जवाफी कारबाहीमा उनीहरू मारिएका हुन् ।

मारिएका आतङ्ककारीबाट हतियार र गोलाबारुद बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ । आतङ्ककारीहरू सो प्रान्तमा आतङ्कवादी हमला र हत्यालगायत विभिन्न अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया