गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो : हमास
नेपालखोज
२०८० मंसिर १६ गते १७:०८

गाजा स्ट्रिप । गाजा पट्टीमा रहेको हमास सरकारले शनिबार प्यालेस्टाइन क्षेत्रमा शुक्रबार भएको लडाइँमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ।
‘गाजा पट्टीमा जताततै सयौं हवाई आक्रमण, तोपखाना र नौसेनाको बमबारी’ भएको छ । थप ६५० जना घाइते भएका छन्’, सरकारको विज्ञप्तिमा भनिएको छ। इजरायली सेनाले विशेष गरी खान युनिसलाई लक्षित गर्द दर्जनौं घरहरू ध्वस्त पारेको छ ।
गाजा क्षेत्रमा युद्धविराम सकिएलगत्तै आक्रमणलाई तीव्र पारिएको छ ।
सम्बन्धित
प्रतिक्रिया