शुक्रबार, वैशाख २६, २०८२

प्रधानमन्त्री दाहाल आज साँझ स्वदेश फर्किने

नेपालखोज २०८० मंसिर १७ गते ९:५६

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्किने भएका छन् । कोप–२८ मा भाग लिन युएई भ्रमणमा गएका उनी आज साँझ स्वदेश फर्किने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

संयुक्त अरब इमिरेट्सको दुबईमा जारी जलवायु शिखर सम्मेलन (कोप–२८) मा पर्वतीय देशहरूले हिमालको संरक्षणका लागि ढिला गर्न नहुने निष्कर्षसमेत निकालेका छन् ।

कोप–२८ मा शनिबार ‘हिमालः हामीलाई जलवायु संकटबाट कसले बचाउँछ’ भन्ने शीर्षकको उक्त छलफलको प्रधानमन्त्री पुष्पकमल दाहालले अध्यक्षता गरेका थिए । जलवायु परिवर्तनका कारण हिमालहरू संकट परेको भन्दै हिमाल जोगाउन अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री दाहालको उक्त प्रस्तावलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले समर्थन जनाएका थिए । महासचिव गुटेरेसले हिमाल जोगाउन ढिलाइ गर्न नहुने धारणा राखे । पर्वतीय देशहरूले स्वरमा स्वर मिलाउँदै हिमाल संरक्षणका लागि विश्व एक हुनुपर्नेमा जोड दिए ।

पृथ्वीको तापक्रम बढ्दै जाँदा हिमालहरू पग्लिन थालेको र यसले थुप्रै संकटहरू भोगिरहेको भन्दै पर्वतीय देशहरूले संकटमा परेका हिमालहरू बचाउन हातेमालो गर्ने प्रतिबद्धतासमेत जनाए ।

दाहालले युएमा कोप–२८ मा समेत सम्बोधन गरेका थिए । कोप-२८ मा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालले जलवायु परिवर्तनमा न्युन योगदान गरे पनि धेरै असर भोग्नुपरेको जानकारी गराएका थिए । ‘जलवायु परिवर्तका असरले नेपालीलाई धेरै नै असर गरेको छ । यसमा नेपालको योगदान नगन्य रहे पनि बाढी, पहिरो, हिमपात पग्लिनेलगायतका समस्यामा नेपाल ग्रसित छ,’ उनले भने ।

जलवायु परिवर्तनका असरले नेपाललाई समस्या परेकै कारण आफू कोप-२८ मा सहभागी भएको प्रधानमन्त्री दाहालले उल्लेख गरे छ । उनले पेरिस सम्झौता कार्यान्वयन गर्न ढिलाइ गर्न नहुने जोड दिए ।

प्रतिक्रिया