शुक्रबार, वैशाख २६, २०८२

नेकपा एसको सचिवालय बैठक सुरू

नेपालखोज २०८० मंसिर १८ गते १२:३६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठक सुरू भएको छ । पार्टी कार्यालय आलोकनगरमा बैठक बसिरहेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

आगामी माघ १४-१८ सम्म महाधिवेशन तय गरेको पार्टीले राष्ट्रियसभा निर्वाचनका कारण सार्नुपर्ने परिस्थिति बनेको उनको भनाइ छ ।

बैठकले अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल र पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे रणनीति तय गर्नेछ ।

प्रतिक्रिया