गाजामा संयुक्त राष्ट्रसंघले लागू गर्यो शक्तिशाली धारा

काठमाडौं । गाजामा जारी युद्धको गम्भीरतालाई ध्यानमा राख्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसंघको बडापत्रको धारा ९९ लागू गरेका छन् ।
यो धारा संयुक्त राष्ट्रसंघको सबैभन्दा महत्त्वपूर्ण र शक्तिशाली प्रावधान हो । यस अन्तर्गत संयुक्त राष्ट्रसंघका महासचिवले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई खतरामा पार्न सक्ने कुनै पनि मुद्दामाथि सुरक्षा परिषदको ध्यानाकर्षण गराउन सक्छन् ।
बीबीसीका अनुसार संयुक्त राष्ट्रसंघको इतिहासमा नौ पटक मात्र प्रयोग भएको यो धारा दशकौंदेखि प्रयोगमा ल्याइएको थिएन ।
संयुक्त राष्ट्रसंघले गाजामा युद्धका कारण भइरहेको मानवीय विपत्तिका बारेमा केही सातादेखि चेतावनी दिंदै यसलाई रोक्न अपिल गर्दै आएको छ । अन्ततः बुधबार एन्टोनियो गुटेरेसले सबैभन्दा शक्तिशाली सङ्कटको संकेत गर्दै सदस्यको ध्यानाकर्षण गराएका हुन् ।








प्रतिक्रिया