शुक्रबार, वैशाख २६, २०८२

२५ अर्ब रुपैयाँको निक्षेप उपकरण बिक्री गर्दै राष्ट्र बैंक

नेपालखोज २०८० मंसिर २१ गते १९:२५

काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको निक्षेप संंकलन उपकरण बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार मंसिर २२ गते शुक्रबार अपरान्ह १२ बजेसम्ममा बोलकवोलको माध्यमद्वारा उक्त परिमाणको निक्षेप उपकरण बिक्री गर्न लागिएको हो ।

परिपक्व हुुने अवधि १४ दिन तोकिएको उक्त उपकरणको सावाँ व्याज भुक्तानी मिती पुस छ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले खरिद गर्न सक्ने गरी उक्त परिमाणमा निक्षेप उपकरण बिक्री गर्न लागिएको हो ।

खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्नेछन् ।

यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाइनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया