सुदूरपश्चिमका थप २६ जनामा कोरोना पुष्टि
नेपालखोज
२०७७ साउन ८ गते १७:२४
कैलाली । सुदूरपश्चिमका थप २६ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ५८ जनामा कोरोना परीक्षण भएकोमा कञ्चनपुरका २१ पुरुष र ५ महिला गरी २६ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका १० पुरुष, एक महिला, बेल्डाँडी नगरपालिकाका ८ पुरुष र बेलौरी नगरपालिकाका ३ पुरुष र २ महिला गरी २६ जनामा कोरोना पुष्टि भएको बताए ।
सम्बन्धित
प्रतिक्रिया