इरानले गर्याे १३ हजार अवैध अफगान आप्रवासी निष्कासित

काबुल । इरानले १३ हजार २०४ जना अवैध अफगान आप्रवासीलाई निष्कासन गरेको छ । खोरासान रजावीका सीमा सुरक्षा कमाण्डर माजिद शोजाइले १३ हजार २०४ अवैधू अफगान आप्रवासीहरूलाई इरानबाट निष्कासन गरिएको बताएको छ ।
खामा प्रेसले उल्लेख गरे अनुसार शुक्रबार पत्रकारहरूसँगको कुराकानीमा शोजाईले ‘अवैधू आप्रवासीहरूलाई निष्कासन गरिनु पर्नेमा जोड दिएका छन् । उनले गैरकानूनी रूपमा देश प्रवेश गर्न चाहने वा गैरकानूनी रूपमा यहाँ बसिरहेका अफगान नागरिकहरूलाई पक्राउ गरी निष्कासन गरिनेू बताएका छन् ।
पछिल्ला महिनाहरूमा इरान र पाकिस्तानबाट अफगान आप्रवासीहरूलाई निष्कासन गर्ने प्रक्रियाले तीव्रता पाएको छ । हालै इरानका आन्तरिक मामिला मन्त्रीले चार लाख अफगानी आप्रवासीलाई देशबाट निष्कासन गरिएको घोषणा गरेका थिए ।
शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तका अनुसार इरानमा बसोबास गर्ने जनसङ्ख्याको ६ प्रतिशत अफगानी नागरिक छन् । /rss








प्रतिक्रिया