इजिप्टमा राष्ट्रपतीय निर्वाचनमा मतदान शुरु
नेपालखोज
२०८० मंसिर २४ गते १५:२४

कायरो । इजिप्टमा राष्ट्रपति चयनका लागि मतदान शुरु भएको छ । मतदान केन्द्रहरूमा आइतबार सबेरै देखि चहलपहल शुरु भएको छ । निर्वाचनमा प्रत्यासी अब्देल फताह अल-सिसीले जित्ने अपेक्षा गरिएको छ ।
करिब १० करोड ६० लाख जनसङ्ख्या भएको इजिप्टमा मङ्गलबारसम्म मतदान चल्नेछ । मतदानको नतिजा डिसेम्बर १८ मा घोषणा हुने अपेक्षा गरिएको छ ।
पूर्व सेना प्रमुख सिसी, इस्लामवादी राष्ट्रपति मोहम्मद मोर्सीलाई अपदस्थ गरेको एक वर्षपछि सन् २०१४ देखि राष्ट्रपति छन् । /rss
सम्बन्धित








प्रतिक्रिया