विदेशी मूलका व्यक्तिको खाली घरको कर बढाउने अष्ट्रेलिया सरकारको घोषणा
नेपालखोज
२०८० मंसिर २४ गते १७:५२

सिड्नी । अस्ट्रेलिया सरकारले भाडाको सङ्कट कम गर्ने प्रयासस्वरूप विद्यमान घरका विदेशी खरिदकर्तालाई शुल्कमा नाटकीय वृद्धि गर्ने घोषणा गरेको छ ।
अष्ट्रेलियामा भाडामा कोठा पाउन कठिन बनेपछि लेबर पार्टीले खाली घर नराख्न प्रोत्साहन गर्न र कोठा भाडा पाउने अवस्थालाई सहज बनाउन नयाँ बर्षको शुरूमा नै नयाँ कानुन ल्याई घरका विदेशी खरिदकर्ताले घरलाई खाली राखेमा बढी कर तिनुपर्ने व्यवस्था गर्न लागेको हो ।
घर निर्माण घट्दै जाँदा सेप्टेम्बर ३० सम्मको अवधिमा भाडाको मूल्य १४ वर्षयताकै सबैभन्दा तीव्र स्तरमा अर्थात् ७.६ प्रतिशतले बढेको छ ।
सम्बन्धित








प्रतिक्रिया