नेपाल सुपर लिग : काठमाडौंले दोस्रो दर्ता गर्दा पोखराले शीर्ष स्थानमा पुग्ने अवसर गुमायो
नेपालखोज
२०८० मंसिर २५ गते १९:३१

काठमाडाैं । नेपाल सुपर लिग (एनएसएल)मा काठमाडौं रेजर्सले दोस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पोखरा थन्डर्सवरुद्ध १ गोलले पछि परेको काठमाडौंले खेलको अन्त्यतिर २ गोल गर्दै २–१ को जित निकाल्न सफल भयो ।
जितसँगै काठमाडौं ८ अंकका साथ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । ९ अंक जोडेको ललितपुर ९ अंकका साथ शीर्ष स्थानमा रहँदा धनगढी ८ अंकका साथ दोस्रो स्थानमा छ ।
सामान अंक भएको काठमाडौं ८ अंकका साथ तेस्रो स्थानमा रहेको छ । १ गोलको अग्रतालाई अन्त्यमा पोखराले जोगाउन सकेन ।
सम्बन्धित
प्रतिक्रिया