मंगलबार, वैशाख १६, २०८२

पछिल्लो २४ घण्टामा कोरोनाका कारण नेपालमा थप एकको मृत्यु, १०६ जना डिस्चार्ज

नेपालखोज २०७७ साउन १० गते १६:५१

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज थप १०९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ ।

उनकाअनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १०६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या १३ हजार ५३ पुगेको छ । नेपालमा कोरोना संक्रमित भएकामध्ये ७०.६ प्रतिशत निको भएर घर फर्किएका छन् ।

त्यस्तै, नेपालमा थप एक जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसंगै नेपालमा मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

प्रतिक्रिया