शनिबार, वैशाख १३, २०८२

सुनकाे भाउ बढ्दाे क्रममा, प्रतिताेला ९७ हजार ५ सय रूपैयाँमा काराेबार

नेपालखोज २०७७ साउन १२ गते ११:२२

काठमाडौं । साताको दाेस्राे दिन साेमबार सुन प्रतिताेला ९७ हजार ५ सय रूपैयाँमा काराेबार भइरहेकाे छ ।  साताकाे पहिलो दिन प्रतिताेला ९६ हजार ३ सय रुपैयाँमा काराेबार भएकाे सुन ताेलामा १२ सय रूपैयाँ बढेर सुनकाे भाउले नयाँ रेकर्ड कायम गरेकाे हाे ।

पछिल्लाे दिनमा सुन दिनप्रति दिन बढ्दै गएकाे छ । गत शुक्रबार ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएकाे थियाे ।

त्यस्तै आइतबार ९५ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको तेजावी सुन साेमबार प्रतिताेला ९७ हजार ६० रूपैयाँमा  बिक्री भइरहेको छ ।

पछिल्लो समय चाँदीकाे मूल्य पनि दिनप्रति दिन बढ्दै गएको छ । साताको पहिलो दिन १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएकाे चाँदी दाेस्राे दिन (साेमबार) १ हजार २ सय १० रूपैयाँमा काराेबार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया