शुक्रबार, वैशाख १२, २०८२

छुट्टाछुट्टै सवारी दुर्घटनामा १२ जनाको मृत्यु

नेपालखोज २०८० माघ ८ गते १५:५८

काठमाडौं । मोरङको लेटाङ नगरपालिका–५ खेरुवास्थित सडकमा को.१८ प ६२८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–२ बस्ने १८ वर्षीय जेनिस राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

लमजुङको दोर्दी गाउँपालिका–४ सिमल बिसौनीस्थित सडकमा ग.१ ज ७५६१ नम्बरको बोलेरो आइतबार साँझ दुर्घटना हुँदा बोलेरोमा सवार सोही गाउँपालिका–४ बासबोट बस्ने ४५ वर्षीय पुर्ण बहादुर तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लमजुङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ लंकापुरस्थित सडकमा लु.५८ प २७२८ नम्बरको मोटरसाइकल र युपि ५५ एएन १११२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार साँझ दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका लु.५८ प २७२८ नम्बरको मोटरसाइकल चालक कपिलबस्तु शुद्धोधन गाउँपालिका–५ बस्ने ४५ वर्षीय शिव शंकर यादव र युपि ५५ एएन १११२ नम्बरको मोटरसाइकल चालक भारत सिद्धार्थनगर ग्राम कक्रहवा बस्ने ३० वर्षीय जय प्रकाश गुप्ताको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

तनहुँको देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित सडकमा ग.१ ख ४१८१ नम्बरको मिनि ट्रक सडक देखि करिब ५ सय मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा ट्रकमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा देबघाट गाउँपालिका–३ दगारा बस्ने ६५ वर्षीय नर बहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । कास्कीको पोखरा महानगरपालिका–११ काहुँस्थित सडकमा ग.१३ प ६४२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही महानगरपालिका–१३ कमलपोखरी बस्ने १६ वर्षीय सन्तोष रोक्का मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाल्पाको रम्भा गाउँपालिका–१ भुमरस्थित सडकमा ग.१४ प ३७५ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना हुँदा चालक रम्भा गाउँपालिका–१ असर्दी बस्ने २८ वर्षीय हेमन्त जिटीको घटनास्थलमै मृत्यु भएको छ । दाङको लमही नगरपालिका–९ झ्वाडीस्थित सडकमा प्र.३–०१–००५ ख ९७१९ नम्बरको बस अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा बसमा सवार बर्दिया गेरूवा गाउँपालिका–१ थापापुर बस्ने ३६ वर्षीय भिम नाथ योगी र बर्दिया मधुवन नगरपालिका बस्ने युवराज चौधरीको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका चालक समेत २ जनालाई उपचारको लागि नर्सिङ होम नेपालगंज बाँके पठाइएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका–२ पाण्डेचोकस्थित सडकमा ना.४ ख १३६५ नम्बरको टिपर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा टिपरमा सवार बाँके कोहलपुर नगरपालिका–७ बस्ने २४ वर्षीय दिन दयाल थारुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका टिपर चालकको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ फेचहा मोडस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक महोत्तरी एकडारा गाउँपालिका–४ हलखोरी बस्ने सिताराम मुखियाको छोरा २५ वर्षीय किशन मुखियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया