२४ घण्टामा थप २ सय ७४ जनामा काेराेना पुष्टि, संक्रमणमुक्त हुनेकाे संख्या २ सय ४८
नेपालखोज
२०७७ साउन १५ गते १६:४१
काठमाडाैं । पछिल्लाे २४ घण्टा यता थप २ सय ७४ जनामा काेराेना पुष्टि भएकाे छ । याेसँगै काेराेना संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेकाे छ ।
पछिल्लाे २४ घण्टामा देशभर ६ हजार ३ सय ४ जनामा काेराेना परीक्षण गरेकाे २ सय ७४ जनामा काेराेना पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिएका छन् ।
पछिल्लाे २४ घण्टामा २ सय २७ जना काेराेनामुक्त भएका छन् । याेसँगै काेराेना मुक्त हुनेकाे संख्या १४ हजार २ सय ४८ पुगेका छन् । हालसम्म काेराेनाबाट ५२ जनाले ज्यान गुमाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया