सुनकाे मूल्य बढ्ने क्रम राेकिएन, प्रतिताेला ९९ हजार ३ सयमा काराेबार
नेपालखोज
२०७७ साउन १६ गते ११:१४
काठमाडाै । शुक्रबार सुन प्रतिताेला ९९ हजार ३ सय रूपैयाँमा काराेबार भइरहेकाे छ । बिहीबार प्रतिताेला ९९ हजार रुपैयाँमा काराेबार भएकाे सुन ताेलामा ३ सय रूपैयाँ बढेर सुनकाे भाउले नयाँ रेकर्ड कायम गरेकाे हाे ।
पछिल्लाे दिनमा सुन दिनप्रति दिन बढ्दै गएकाे छ भने चाँदी भने कम मूल्यमा घटेकाे छ । त्यस्तै बिहीबार प्रतिताेला ९८ हजार ५ सय ६० रूपैयाँमा काराेबार भएकाे तेजावी सुन शुक्रबार प्रतिताेला ९८ हजार ८ सय ६५ रूपैयाँमा बिक्री भइरहेको छ ।
बिहीबार प्रतिताेला १ हजार २ सय २५ रूपैयाँमा काराेबार भएकाे चाँदी शुक्रबार घटेर १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया