उपत्यकाका १८ जना प्रहरीमा देखियाे कोरोना, संक्रमितकाे संख्या ७२
नेपालखोज
२०७७ साउन १६ गते १२:५३
काठमाडाैं । काठमाडौं उपत्यकाका १८ प्रहरीमा कोरोना सङ्क्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालको सवारी शाखामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब सङ्कलनको परीक्षणबाट आज बिहानमात्र थप १८ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले हालसम्म काठमाडौं उपत्यकामा ७२ र उपत्यका बाहिर २ सय ५० गरी ३ सय २२ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।
कोरोना पुष्टि भएकामध्ये १ सय १ जना निको भएर घर फर्किसकेका छन् । उपत्यकामा कोरोना पुष्टि भएका बिरामीलाई उपचारका लागि सशस्त्र प्रहरी बलको बलम्बु अस्पतालमा लगिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस
सम्बन्धित
प्रतिक्रिया