यी खानेकुरा जुन एकैसाथ मिसाएर नखानुहोस्
१. दुधको साथमा घ्यु, अन्डा, रुखकटहर, कोदाको ढिंडो र फापरको ढिडो खानु हुँदैन् ।
२. माछा र सक्खरसँगै खान हुदैन यसले पित्त विगार्छ ।
३. परेवाको मासु, दुध र मह लामो समयसँगै सेवन गरेमा गलगाँड हुनसक्छ् ।
४. दुधको साथमा बडर, काँचो केरा, आँप, जामुन तित्री, ओखर, दारिम नरिवल खानु हुदैन् । यसरी खाएमा दम हुने सम्भावना हुन्छ ।
५. भटमास र दुध एकैसाथ खाएमा पत्थरी हुनसक्छ ।
६. गुर्जो र तुलसी एकैसाथ खाएमा अम्लपित्त हुनसक्छ ।
७. भिण्डीको साथ दही मोहि, घ्यु, दुध खानु हुँदैन् । संगै खाएमा यसले पेटमा अम्लपित्त बढाउँछ ।
८. करेलामा साग वा भिण्डी पनि एकसाथ पकाएर खान हुँदैन् । खाएमा अम्लपित्त बढ्छ ।
९. हाँस वा बकुल्लाको मासु खाएको बेला गेडागुडी र कालो दाल खानु हुँदैन् । यसरी खाएमा क्यान्सर समेत हुन सक्ने खतरा हुन्छ ।
१०. बाँसको तामा, बडरको फल, मह र दुधसँगै खान हुँदैन् यसले वीर्य नास गर्छ।
प्रतिक्रिया