सुनकाे मूल्य बढ्ने क्रम जारी, प्रतिताेला ९९ हजार ६ सय रूपैयाँमा काराेबार
नेपालखोज
२०७७ साउन १८ गते ११:०८
काठमाडाै । साताको पहिलो दिन आइतबार सुन प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत साताकाे शुक्रबार प्रतिताेला ९९ हजार ३ सय रूपैयाँमा काराेबार भएकाे सुन ताेलामा ३ सय रूपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेकाे हाे ।
पछिल्लाे दिनमा सुनचाँदीले दिनप्रति दिन उच्च भाउ कायम गर्ने क्रम जारी रहेसँगै व्यापार शून्य रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले बताउँदै आएको छ ।
त्यस्तै शुक्रबार प्रतिताेला ९८ हजार ८ सय ६५ रूपैयाँमा बिक्री भएकाे तेजावी सुन आइतबार ९९ हजार १ सय ६० रूपैयाँमा काराेबार भइरहेको छ ।
शुक्रबार प्रतिताेला १ हजार २ सय रुपैयाँमा कारोबार भएकाे चाँदी १ हजार २ सय ३० रूपैयाँमा भइरहेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया