शनिबार, वैशाख १३, २०८२

जनैका फाइदाहरु !

नेपालखोज २०७७ साउन १९ गते १४:१४

सनातन हिन्दू धर्मका १६ संस्कारमा उपनयन संस्कार अन्तर्गत जनै लगाउने गरिएको हो । यसलाई यज्ञोपवीत संस्कार भनिन्छ । पनयन संस्कार भएका व्यक्तिले जनै लगाउँछन् । उपनयनको अर्थ ब्रह्म (ईश्वर) र ज्ञान नजिक लानु हो ।

जनै धारणको महत्त्व यस किसिमका छन् ।

  • कानमा जनै बेर्दा सूर्य नाडी जागृत हुन्छ ।
  • जनै लगाउने व्यक्ति सफाइको बन्धनमा बाँधिएको हुन्छ, जसले गर्दा दाँत, मुख, पेट लगायतका रोगबाट बच्न सहयोग हुन्छ ।
  • मूत्र विसर्जन गर्दा जनैलाई दाहिने कानमा बेर्ने गरिन्छ । जनैलाई दाहिने कानमा बेर्दा कानको नसा थिचिन्छ अनि मस्तिष्कको सुतेको तन्तुले काम गर्छ ।
  • दाहिने कानको नसा अण्डकोष र गुप्तेन्द्रियसँग जोडिएको हुन्छ । मूत्र विसर्जन गर्दा दाहिने कानमा जनै बेर्दा शुक्राणुबाट रक्षा हुन्छ ।
  • कानमा जनै बेर्दा पेट सम्बन्धी रोग र रक्तचापको समस्या हट्छ ।
  • बारम्बार आइरहने नराम्रो सपना जनै धारण गर्दा आउँदैन ।

प्रतिक्रिया