शनिबार, असार २१, २०८२

इरानका राष्ट्रपति सवार हेलिकोप्टर दुर्घटनाग्रस्त, उद्धार टोली पठाइयो

नेपालखोज २०८१ जेठ ७ गते ९:०८

इरान । इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकोप्टर दुर्घटनास्थल पत्ता लागेको छ ।

खोज तथा उद्धारका लागि टर्कीबाट खटिएको ड्रोनले इरानको पूर्वी अजरबैजान प्रान्तको पहाडी क्षेत्रमा जलेको अवस्थामा फेला पारेको टर्कीस्थित समाचार एजेन्सी अनादोलुले जनाएको छ ।

जलेको ठाउँ भेटिएलगत्तै त्यहाँ उद्धारकर्मीको टोली खटिएको छ । हेलिकोप्टरमा सवारको अवस्थाका विषयमा भने अझै खुल्न सकेको छैन ।

‘टर्कीबाट खटाइएको ड्रोनले जलेको ठाउँको पहिचान गर्‍यो र त्यसको जानकारी इरानी अधिकारीसमक्ष समन्वय गरेको छ,’ अनादोलुले उल्लेख गरेको छ ।

आइतबार खराब मौसमका कारण राष्ट्रपति इब्राहिम सवार हेलिकोप्टर बेपत्ता सम्पर्कविहीन भएको थियो ।

प्रतिक्रिया