बिहीबार, असार १९, २०८२

चीनको कोइलाखानीमा दुर्घटनाः ५ जनाको मृत्यु

नेपालखोज २०८१ जेठ ८ गते १४:२८

चिन । हार्बिन–उत्तरपूर्वी चिनको हेइलोङजियाङ प्रान्तस्थित कोइलाखानी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको उक्त कोईलाखानी कम्पनी स्रोतले जनाएको छ ।

कम्पनी स्रोतका अनुसार हेइलोङगजियाङ लङमे समूह अन्तर्गतको हेगाङ खानी कम्पनीको जिङआन कोइला खानीमा सोमबार राति दुर्घटना भएको थियो ।

सो दुर्घटना हुने क्रममा नौजना फसेको र उनीहरूमध्ये चार जनालाई उद्धार गरिएको स्रोतले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानले तरल कार्बनडाइअक्साइडको चुहावटको कारणले दुर्घटना भएको देखाएको छ । दुर्घटनाको कारण तथा यथेष्ट विवरणका बारेमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया