समुद्री तटमा रहेको रेस्टुराँ भवनको छत भत्किँदा स्पेनमा चारको मृत्यु
नेपालखोज
२०८१ जेठ ११ गते १२:३०

मजोर्का । स्पेनमा टापुमा समुद्र किनारामा रहेको रेस्टुराँको छत आंशिक रूपमा भत्किँदा ४ जनाको मृत्यु भएको छ । २७ जना घाइते भएको बताइएको छ । उद्धार कार्य जारी रहेको र कयौँ मानिसहरू अझै पुरिएको हुन सक्ने बताइएको छ ।
मिडिया रिपोर्टका अनुसार स्पेनी टापु मर्जोकामा समुद्री तटमा रहेको तीन तले रेस्टुराँ मेडुसा बिच क्लबको छतको आंशिक हिस्सा खसेको थियो । मर्जोकाको आकस्मिक सेवा विभागका अनुसार अहिलेसम्म यस घटनामा ४ जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् ।
यस अघि भने घटनामा २१ जना घायल भएको हुन सक्ने बताइएको थियो । मृतक र घाइते सबै स्पेनी नागरिक हुन् वा विदेशी पनि छन् भन्ने स्पष्ट भइनसकेको बताइएको छ । उद्धार कार्य जारी रहेकोले मृतक र घाइतेहरूको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया