शनिबार, असार २१, २०८२

नुन र चिनीमा माइक्रोप्लास्टिक

नेपालखोज २०८१ भदौ २ गते ९:२५

भारतमा केही भारतमा केही ब्रान्डका नुन र चिनीमा माइक्रोप्लास्टिक पाइएको छ। वातावरण अनुसन्धान संस्था ‘टक्सिक्स लिंक’को अध्ययनमा यो कुरा जानकारीमा आएको हो । नुन र चिनीमा माइक्रोप्लास्टिक पाइएको छ। वातावरण अनुसन्धान संस्था ‘टक्सिक्स लिंक’को अध्ययनमा यो कुरा जानकारीमा आएको हो ।

अध्ययनमा नुनका १० र चिनीका ५ वटा नमूनाको परीक्षण गरिएको थियो । मुख्य ब्रान्डहरू बाहेक यसमा जैविक रूपमा बेचिने नुन र चिनी पनि समावेश थिए । अनुसन्धानले ती सबै नमूनामा माइक्रोप्लास्टिकको उपस्थिति पुष्टि गरेको छ। आयोडिनयुक्त नुनको नमूनामा सबैभन्दा बढी माइक्रोप्लास्टिक पाइएको थियो ।

प्लास्टिकका धेरै साना कणहरूलाई माइक्रोप्लास्टिक भनिन्छ। तिनको आकार एक देखि पाँच हजार माइक्रोमिटरको बीच हुन्छ। अहिले फलफूल, तरकारीका साथै अन्य धेरै खाद्यवस्तुमा पनि माइक्रोप्लास्टिक पाइन्छ जुन भोजन सँगै हाम्रो शरीरभित्र पुग्छन् । यसबाहेक श्वासप्रश्वासका क्रममा पनि माइक्रोप्लास्टिक हाम्रो शरीर भित्र प्रवेश गर्न सक्छ।

अध्ययन अनुसार मानव शरीरका विभिन्न अंगहरु जस्तै टाउकाको कपाल, र्याल, फोक्सो, कलेजो, मिर्गौला र रगतको नमूनामा माइक्रोप्लास्टिक पाइएको छ । यो एउटा चिन्ताजनक अवस्था हो किनभने यस्तो माइक्रोप्लास्टिकले शरीरमा विभिन्न प्रकारका स्वास्थ्य समस्या निम्त्याउन सक्छन ।

प्रतिक्रिया