अमेरिकी राष्ट्रपतीय निर्वाचन : वाल्जले पार्टीमा औपचारिकरूपमा उम्मेदवारी दर्ता

शिकागो । डेमोक्र्याटिक पार्टीका तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवारका लागि टिम वाल्जले आफ्नो उम्मेदवारीलाई औपचारिक रूपमा स्वीकार गरेका छन् ।
पार्टीका तर्फबाट उपराष्ट्रपतिको उम्मेदवारका रूपमा मनोनित वाल्जले पार्टीको अधिवेशनमा उम्मेदवारी दर्ता गर्दै औपचारिक रूपमा उम्मेदवारीको प्रक्रियालाई अगाडि बढाउन सहमति जनाएका हुन् ।
वाल्जले शिकागोमा डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनमा भने,’संयुक्त राज्य अमेरिकाको उपराष्ट्रपतिका लागि तपाईंको मनोनयन स्वीकार गर्न पाउनु मेरो जीवनको सम्मान हो । हामी यो देशलाई माया गर्छौँ । त्यसैले त हामी सबै आज यति राति यहाँ एउटा सुन्दर र सरल कारणको लागि भेला भएका छौँ ।’
उपराष्ट्रपति पदका लागि तुलनात्मक रूपमा चर्चा नपाएका मिनेसोटाका गभर्नरले डोनाल्ड ट्रम्पविरुद्ध ह्यारिसको बढ्दो अभियानमा शिकागोको युनाइटेड सेन्टरमा गरिएको उहाँको सम्बोधनले चामत्कारिक मध्यपश्चिमी माहोल ल्याएको छ ।
बिहीबार ह्यारिसको राष्ट्रपतिको उम्मेदवारीले औपचारिकता पाउने भब्य समारोहभन्दा पहिले मञ्च लिँदै, पूर्व शिक्षक तथा राष्ट्रिय सैन्य सुरक्षाअधिकारी वाल्जले एक भाषणमा आफ्नो जीवन कथालाई रेखाङ्कन गरेको र अमेरिकीहरूको स्वतन्त्रताको रक्षा र भविष्यको निर्माणमा ध्यान केन्द्रित गर्न सफल भएको छ ।
डेमोक्र्याटिक पार्टीको अधिवेशन सम्बोधनको १२ औँ सदस्य बनेका भीडलाई खुसी तुल्याएका पूर्वराष्ट्रपति बिल क्लिन्टनले ह्यारिसले वाल्जलाई आफ्नो ‘रनिङ मेट’ को रूपमा चयन गरेर चर्चाको चुलीमा ल्याएको बताएका थिए ।
राष्ट्रपति जो बाइडेनले जुलाई २१ मा पुनः निर्वाचनको उम्मेदवारी फिर्ता लिने निर्णय गरेपछि राष्ट्रपतिको उम्मेदवारीमा अघि सारिएका डेमोक्र्याटिक नेता ह्यारिसको अधिवेशनको अन्त्यमा हुने बिहीबारको भाषणका बिषयवस्तुको छनोट र व्यवस्थापन पनि गर्नेछन् ।
मङ्गलबार डेमोक्र्याटिक सुपरस्टार तथा पूर्वराष्ट्रपति बाराक ओबामा र मिसेलले बाइडेनको भावनात्मक भाषणपछि बोल्दै राष्ट्रपति बाइडेनले आफ्ना उपराष्ट्रपतिलाई दिशानिर्देश गर्ने ‘टर्च’ हस्तान्तरण गरेको बताएका थिए ।
प्रतिक्रिया