नाइजेरियामा अपहरणमा परेका २० जना मेडिकल विद्यार्थीको उद्धार
नेपालखोज
२०८१ भदौ ८ गते १६:५६

लागोस, नाइनेरिया । अपहरणमा परेका २० जना नाइजेरियाका मेडिकल विद्यार्थी एक हप्ताभन्दा लामो समयपछि उद्धार गरिएको प्रहरीले शनिबार जनाएको छ ।
बन्दुकधारीहरूले विद्यार्थीलार्ई अगस्ट–१५ मा बेन्यु राज्यमा आयोजित एक शैक्षिक सम्मेलनमा जाँदै गर्दा अपरहणमा गरी फिरौतीको माग गरेको प्रहरीले जनाएको थियो ।
प्रहरीले विज्ञप्तिमार्फत मैदुगुरी विश्वविद्यालय र जोस विश्वविद्यालयका अपहरण भएका विद्यार्थीहरू रिहा भएको पुष्टि गरेको हो ।
प्रहरी प्रमुखले यस हप्ता नाइजेरियामा अपहरणमा परेका पीडितहरू पत्ता लगाउन बेन्युमा ‘रणनीतिक टोली’ तैनाथ गरेको बताए ।
एनआइएमएसए नेसनल मेडिकल स्टुडेन्ट एसोसिएसनका महासचिव फर्च्युन ओलेले विज्ञप्तिमार्फत विद्यार्थीसँग फोनमा कुरा गरेको र उनीहरू सुरक्षित रहेको बताएका छन् ।
सम्बन्धित
प्रतिक्रिया