शुक्रबार, असार २०, २०८२

पाकिस्तानमा २४ घण्टामा ३९ जनाको हत्या

नेपालखोज २०८१ भदौ ११ गते ८:५९

बलुचिस्तान । पाकिस्तानमा बन्दुकधारीको आक्रमणमा २४ घण्टामा ३९ जनाको हत्या भएको छ । पाकिस्तानको बलुचिस्तान प्रान्तमा मात्र २४ घण्टामा ३९ जनाको हत्या भएको बिबिसीले जनाएको हो । जसमा २२ जना यात्री रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

बलुचिस्तानको कलात जिल्लामा ५ प्रहरीसहित ११ जनाको हत्या भएको छ । बलुचिस्तानको मुसाखेल जिल्लामा बन्धुकधारीले २२ जनाको हत्या गरेका छन् । गाडीमा सवार उनीहरुको गाडीबाट उतारेर हत्या भएको बीबीसीले जनाएको छ ।

यात्रुसँगै बन्दुकधारीले प्रहरी चौकी, सुरक्षा निकायको शिविर र केही सरकारी निकायमा आक्रमण गरेका हुन् ।

प्रतिक्रिया