शुक्रबार, असार २०, २०८२

किएभले युक्रेनमा निर्मित पहिलो ब्यालिस्टिक मिसाइलको परीक्षण गर्यो : जेलेन्स्की

नेपालखोज २०८१ भदौ ११ गते २०:४२

किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मङ्गलबार युक्रेनी सेनाले हालै घरेलुस्तरमा निर्मित ब्यालेस्टिक मिसाइलको पहिलो सफल परीक्षण गरेको बताएका छन् ।

किएभमा उनको घोषणा लगातार दुई रात युक्रेनभर व्यापक मात्रामा रुसी बमबारीका बीच आएको हो । रुसी आक्रमणमा धेरै मानिसको मृत्यु भएको छ र ऊर्जा पूर्वाधारमा क्षति पुगेको छ ।

किएभमा पत्रकार सम्मेलनमा उनले भने, ‘पहिलो युक्रेनी ब्यालेस्टिक मिसाइलको सकारात्मक परीक्षण भएको छ, म यसमा हाम्रा रक्षा उद्योगलाई बधाई दिन्छु, म यो मिसाइलका बारेमा थप जानकारी साझा गर्न सक्तिनँ ।’

पश्चिमी सैन्य सहायतामाथिको निर्भरतालाई कम गर्ने प्रयासमा युक्रेनले आफैँ हतियार उद्योगको विकास गर्न र आफ्नो क्षेत्रमा सैन्य उत्पादनलाई प्रोत्साहित गर्ने प्रयास गरिरहेको छ ।

जेलेन्स्कीले गत साता युक्रेनी सेनाले पहिलोपटक युद्धमा युक्रेनमा बनेको पलियानित्सिया नामको लामो दूरीको ‘रकेट ड्रोन’ तैनाथ गरेको बताएका थिए ।

किएभले साना हतियार र गोलाबारुदको उत्पादनमा पश्चिमी हतियार कम्पनीहरूसँग सम्झौतामा हस्ताक्षर गरेको छ ।

प्रतिक्रिया