शनिबार, वैशाख १३, २०८२

सुनकाे मूल्य बढ्ने क्रम राेकिएन्, प्रतिताेला १ लाख ३ हजार ५ सयमा काराेबार

नेपालखोज २०७७ साउन २३ गते ११:१६

काठमाडाैं । पछिल्लाे दिनहरूमा सुनको मूल्य बढ्ने क्रम जारी रहेकाे छ । बिहीबारकाे तुलनामा शुक्रबार सुन प्रतितोला १ हजार रुपैयाँले बढेको १ लाख ३ हजार ५ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ ।  बिहीबार प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।

त्यस्तै बिहीबार प्रतिताेला १ लाख २ हजार रूपैयाँमा काराेबार भएकाे तेजावी सुन शुक्रबार १ हजार रूपैयाँ बढेर १ लाख ३ हजार रूपैयाँमा काराेबार भइरहेकाे छ ।

पछिल्लाे दिनमा सुनचाँदीकाे भाउ निरन्तर उकालाे लाग्ने क्रम जारी रहेकाे छ ।बिहीबार प्रतिताेला १ हजार ३ सय ४५ रूपैयाँमा काराेबार भएकाे चाँदी प्रतिताेला एकै दिनमा ६० रूपैयाँ बढेर १ हजार ४ सय ५ रूपैयाँ कायम भएकाे महासंघले जनाएकाे छ ।

प्रतिक्रिया