धनी तथा विकसित देशको नागरिकता लिने होड

इन्टरनेशनल माइग्रेसन आउट लुक -२०२३ अनुसार आर्थिक सहयोग तथा विकास सङ्गठनका (ओईसीडी) देशहरूमा सबैभन्दा बढी बसाइसराइको होड छ ।
भारतीयहरू सबैभन्दा अगाडि
विदेशको नागरिकता लिने मामिलामा भारतीयहरू शीर्ष स्थानमा छन्। यससँगै अर्गनाइजेसन फर इकोनोमिक को(अपरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी) मा बसाइसर्नेहरूमा पनि भारतीय नै अगाडि छन् ।
धेरैको रोजाइमा अमेरिका
नागरिकता लिने मामिलामा धेरैको रोजाइ अमेरिका हो भने भारतीयहरूको पहिलो रोजाइ पनि अमेरिका नै हो । सन् २०१९ मा ६३,५०० भारतीयले अमेरिकी नागरिकता लिएका थिए । २०२१ मा त्यहाँको नागरिकता लिने भारतीयको सङ्ख्या करिब ५६ हजार थियो ।
धनी देशको नागरिकता लिने भारतीयहरू
इन्टरनेशनल माइग्रेसन आउट लुक ( २०२३ को रिपोर्ट अनुसार २०२१(२२ मा धनी देशहरूको नागरिकता पाउने सबैभन्दा ठुलो राष्ट्रिय समूह भारतीयहरूकै थियो ।
क्यानडाले दियो विदेशीहरूलाई नागरिकता
२०२१-२२ को अवधिमा नागरिकता दिनेमा सबैभन्दा ठुलो वृद्धि (१७४ प्रतिशत) क्यानडाले हासिल गरेको थियो ।
गत वर्ष २८ लाख मानिसले ओईसीडी देशको नागरिकता लिएका थिए । २०१९ मा १,५५,७९९ भारतीयले ओईसीडी देशको नागरिकता लिएका थिए , २०२१ मा यो सङ्ख्या १,३२,७९५ मा झर्यो । सन् २०२१ मा मेक्सिकोका १,१८,०५८ जनाले ओईसीडी देशको नागरिकता लिएका थिए भने सिरियाका १,०३,७३६ जनाले नागरिकता लिएका थिए ।
कति भारतीयले आफ्नो नागरिकता त्यागे ?
भारतको विदेश मन्त्रालयका अनुसार जनवरी २०१८ देखि जुन २०२३ सम्म नागरिकता त्यागेका १.६ लाख (लगभग २० प्रतिशत)ले क्यानाडा रोजेका थिए। यो सूचीमा अमेरिका शीर्ष स्थानमा छ । अस्ट्रेलिया र बेलायत तेस्रो र चौथो स्थानमा छन् ।
प्रतिक्रिया