इजरायलमा नेतान्याहुविरुद्ध प्रदर्शन, हजारौँ मानिस सडकमा

काठमाडौं । इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध हजारौँ मानिस सडक प्रदर्शनमा उत्रिएका छन् । गाजामा बन्धक बनाइएका ६ जनाको शव भेटिएपछि प्रधानमन्त्रीविरुद्ध पुनः प्रदर्शन भएको हो ।
प्रदर्शनकारीले बन्धकहरूको रिहाइका लागि हमाससँग तत्काल सम्झौता गर्न माग गरेका छन्। तेल अभिव, जेरुसेलम लगायत कयौँ शहरमा जारी प्रदर्शनमा सहभागीहरू सरकारको चर्को आलोचना गरेका समाचारहरूमा जनाइएको छ ।
गत वर्षको अक्टोबर महिनामा इजरायलमा हमास समूहले आक्रमण गरी नेपालका विपिन जोशीसहित सयौँ मानिसलाई बन्धक बनाएको थियो ।
तीमध्ये केही विदेशी नागरिकलाई हमासले यसअघिका युद्धविरामका क्रममा छाडेको छ । यस्तै केही इजरायली बन्धकलाई कैदी आदानप्रदानको प्रक्रिया जसरी रिहा गरेको छ ।
नेपालका विपिन जोशीसहित अझै झण्डै ५० जना बन्धकलाई हमासले रिहा गरेको छैन । पछिल्लोपटक हमासले बन्धक बनाएकामध्ये ६ इजरायलीको शव भेटिएपछि इजरायलमा पुनः प्रदर्शन भएको हो। बन्धकमध्ये धेरैको अवस्था अज्ञात छ ।
प्रतिक्रिया