बिहीबार, असार १९, २०८२

नयाँ प्रधानमन्त्रीको नियुक्ति प्रक्रियालाई तीव्रता दिँदै फ्रान्सका राष्ट्रपति म्याक्रोँ

नेपालखोज २०८१ भदौ १७ गते २१:०४

पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले व्यवस्थापिका–संसद्को निर्वाचनपछि झण्डै दुई महिनादेखि जारी गतिरोधपछि नयाँ प्रधानमन्त्री खोज्ने प्रयासलाई तीव्रता दिएको छ ।

गत जुलाई ७ मा भएको चुनावपछि फ्रान्समा स्थायी सरकार छैन । फ्रान्समा म्याक्रोँका मध्यमार्गी र अति दक्षिणपन्थी समूहसहितको त्रिशङ्कु संसद्मा वाम गठबन्धनले सबैभन्दा ठूलो सङ्ख्यामा आफ्ना उम्मेदवारलाई जिताउन सफल भएको छ ।

वामपन्थी नेता तथा पूर्वप्रधानमन्त्री बर्नार्ड काझेनेभ र दक्षिणपन्थी पूर्वमन्त्री जेभियर बट्रान्डले म्याक्रोँसँग छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन् ।

फ्रान्सेली राष्ट्रपतिले राष्ट्रिय महत्वका क्षणहरूमा पूर्ववर्तीहरूसँग परामर्श गर्ने परम्परा छ, र म्याक्रोँले सोमबार एलिसीमा दुई जीवित पूर्व राष्ट्रपतिहरू निकोलस सारकोजी र समाजवादी फ्रान्कोइस ओलान्दसँग पनि भेट गरेका छन् ।

म्याक्रोँले बामपन्थी प्रधानमन्त्रीको मनोनयन स्वीकार गर्न अस्वीकार गर्दै यस्तो व्यक्तित्वले संसदमा विश्वासको प्रस्तावबाट बच्ने कुनै सम्भावना नरहेको तर्क गरेका छन् । यसले बामपन्थी गठबन्धन चिढिएको छ ।

आगामी करिब तीन वर्ष राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न बाँकी रहेका म्याक्रोँले विपक्षीहरूको बढ्दो असन्तुष्टिका बीच ओलम्पिक र पारालिम्पिक खेलहरूको आयोजना गर्दै राजनीतिक सङ्कटलाई सामान्यिकरण गरेका छन् ।

एएफपीका एक पत्रकारका अनुसार फ्रान्स बिदाबाट काममा फर्कंदै गर्दा गति बढ्ने सङ्केतका बीच म्याक्रोाले सोमबार बिहानै ओलान्दको सन् २०१/०१७ को राष्ट्रपति कार्यकालको अन्तिम महिनाहरूमा सरकारको नेतृत्व गरेका राजनीतिक गतिरोधका बीच पूर्व समाजवादी नेता काजेन्युभसँग छलफल गरेका थिए ।

विश्लेषकहरूले म्याक्रोँले नामकरण गर्ने सम्भावित व्यक्तिका रूपमा काजेन्युभलाई लिएका थिए तर उनको नियुक्ति पूर्ववत निष्कर्षबाट टाढा देखएको छ।

प्रतिक्रिया