बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले पुन तान्यो ४० अर्ब
नेपालखोज
२०८१ भदौ २६ गते १५:३९

काठमाडाैं । नेपाल राष्ट्र बैंकले बुधबार एकै दिन बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैंयाँ बराबरको निक्षेप तानेको छ । अधिक तरलता नियन्त्रणको लागि भन्दै राष्ट्र बैंकले बुधबार अपरान्ह तीन बजेसम्ममा बोलकवोलको माध्यमद्धारा यो परिमाणको निक्षेप उपकरण तानेको हो ।
परिपक्व हुुने अवधि २१ दिन तोकिएको यो उपकरणको सावाँ व्याज भुक्तानी मिती असोज १६ गते तोकिएको छ । बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीले खरिद गर्न सक्ने गरी यो निक्षेप उपकरण बिक्री गरिएको हो ।
खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्नेछन । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने राष्ट्र बैंकको भनाई छ ।

सम्बन्धित
प्रतिक्रिया