२६ सय अंकमा खुम्चियो नेप्से, कारोबार रकम छ अर्ब ८५ करोडमा सिमित

काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन १३ दशमलव शुन्य नौं अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार पनि २२ दशमलव ७३ अंकले घटेर २६ सय १० दशमलव २१ अंकमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ३० अंकले घटेर चार सय ६३ दशमलव शुन्य सात अंकमा झरेको छ । नेप्सेमा आज तीन सय १७ वटा कम्पनीहरुको ८७ हजार ३६ पटकको कारोबारमा एक करोड ५४ लाख २८ हजार सात सय २४ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम छ अर्ब ८५ करोड ११ लाख ७९ हजार ५१ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा तीन वटा समुहको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये फाईनान्स समुहको सुचक १४ दशमलव २७ अंकले बढेर ३३ सय चार दशमलव ८६ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि तीन दशमलव ८० अंकले बढेर १३ हजार दुई सय आठ दशमलव ६१ अंकमा पुगेको छ । यसैगरी व्यापार समुहको सुचक पनि छ दशमलव २२ अंकले बढेको छ । बाँणिज्य बैंक समुहको सुचक भने १३ दशमलव ७० अंकले घटेर १४ सय ५० दशमलव १९ अंकमा झरेकोमा बिकास बैंक समुृहको सुुचक पनि ५४ दशमलव ३४ अंकले घटेर ५२ सय ३० दशमलव २५ अंकमा झरेको छ । जलबिद्युत समुहको सुचक पनि २९ दशमलव ७८ अंकले घटेर तीन हजार एक सय ८३ दशमलव ८५ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि दुई सय ४३ दशमलव ७१ अंकले घटेर १२ हजार सात सय २५ दशमलव ३८ अंकमा झरेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा वीन लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा थ्रि स्टार हाईड्रोपावर डेभलपमेन्ट कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीह्रुको सुचीमा भने सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड परेको छ ।
प्रतिक्रिया