साताकाे पहिलाे दिन ९ सय रूपैयाँले घट्याे सुन, प्रतिताेला १ लाख २ हजार ६ सयमा काराेबार
नेपालखोज
२०७७ साउन २५ गते ११:४२
काठमाडौं । लामो समयदेखि निरन्तर बढ्दै आएको सुन साताको पहिलो दिन प्रतितोला ९ सय रूपैयाँले घटेको छ ।
गत साताको शुक्रबार प्रतितोला १ लाख ३ हजार ५ सय रूपैयाँले कारोबार भएको सुन आइतबार प्रतितोला १ लाख २ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै गतसाता प्रतितोला १ लाख ३ हजार रूपैयाँमा कारोबार भएको तेजावी सुन साताको पहिलो दिन आइतबार १ लाख २ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
पछिल्ला दिनमा निरन्तर बढ्दै गएको चाँदीले नयाँ मूल्य कायम गरेर १ हजार ४ सय १० रूपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया