मंगलबार, असार १७, २०८२

नेप्से २५ सय ७६ बिन्दुमा, २३ अर्ब ३७ करोडको शेयर किनबेच

नेपालखोज २०८१ असोज ४ गते ११:२३

काठमाडौं । यस साता सेयर बजार परिसुचक नेप्से दुई हजार पाँच सय ७६ दशमलव ७६ बिन्दुमा सिमित भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ५९ दशमलव ९२ बिन्दुुमा सिमित भएको छ ।
धितोपत्र बजारमा यो साता तीन सय २४ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार दुई लाख ९२ हजार नौं सय ३२ पटकको कारोबारमा पाँच करोड ५८ लाख ६० हजार सात सय १० कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम २३ अर्ब ३७ करोड चार लाख १९ हजार तीन सय २१ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा १८ अर्ब ४५ करोड रुपैंयाँले कम हो ।

गत साता धितोपत्र बजारमा तीन सय २८ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार पाँच लाख आठ हजार दुई सय ४३ पटकको कारोबारमा नौं करोड ७२ लाख ५१ हजार दुई सय ९६ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम ४१ अर्ब ८२ करोड ७५ लाख ३६ हजार सात सय ६० रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष सातामा तीन कार्य दिन मात्र खुल्ला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो र चौंथो दिन लगातार नेप्से परिसुचक ओरालो लागेको थियो बाँकी दुई कार्य दिन सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो ।

दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन आईतबार बजार परिसुचक ५० दशमलव ७३ अंकले ओरालो लागेर दुई हजार छ सय ३७ दशमलव ७९ बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ८१ अंकले ओरालो लागेर चार सय ६८ दशमलव ६५ बिन्दुमा झरेको थियो । दोस्रो कारोबार दिन पनि बजार परिसुचक ५७ दशमलव शुन्य तीन अंकले ओरालो लागेर २५ सय ८० दशमलव ७६ बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ५४ अंकले ओरालो लागेर चार सय ६६ दशमलव ११ बिन्दुमा झरेको थियो । पाँचौं कारोबार दिन पनि बजार परिसुचक चार अंकले ओरालो लागेर २५ सय ७६ दशमलव ७६ बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव १९ अंकले ओरालो लागेर चार सय ५९ दशमलव ९२ बिन्दुमा झरेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, हिमालयन रि इन्स्योरेन्स कम्पनी आदि परेका छन् । सेयर कारोवार भएको संख्याको आधारमा पनि हिमालयन रि इन्स्योरेन्स कम्पनी, सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी अगाडि देखिएका छन् । यसैगरी बजार पुंजीकरणको आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेका छन् ।

दैनिक सेयर कारोबार तालिका

दिनकम्पनी संख्याकारोबार संख्याकित्ता संख्याकारोबार रकम
पहिलो दिन३२४११९७३९२४८४६७८२१०३३९२३५९७५.४५
दोस्रो दिन३१२९२८१५१७०६१८०७७३६१९८८३८३.७४
तेस्रो दिनसार्वजनिक बिदा   
चौंथो दिन३२०८०३७८१३९५२१२१५६६९१९४९६१.८८
पाँचौं दिनसार्वजनिक बिदा   
कुल३२४२९२९३२५५८६०७१०२३३७०४१९३२१.०७
(श्रोत : नेपाल स्टक एक्सचेन्ज लिमिटेड)

प्रतिक्रिया