सोमबार, असार १६, २०८२

सबैभन्दा भ्रष्ट देश कुन– कुन ?

नेपालखोज २०८१ असोज ११ गते १४:३२

काठमाडाैं । ट्रान्सपरेन्सी इन्टरनेशनलले जारी गरेको भ्रष्टाचार सूचकाङ्कमा १८० देश समेटिएका छन्  । भ्रष्टाचारको अनुगमन गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलको सन् २०२३ को सूचीमा देशहरूलाई १०० पूर्णाकंमा नम्बर दिएर मूल्याङ्कन  गरिएको छ । यसमा दुई तिहाइ देशको स्कोर ५० भन्दा कम थियो भने समग्रमा  औसत स्कोर मात्र ४३ थियो । 

सबैभन्दा इमानदार देश 

यो सूचिमा युरोपेली देशले सबैभन्दा बढी अङ्क पाएका छन् । डेनमार्क (९०) ले सबैभन्दा बढी अङ्क पाएको छ । त्यसपछि फिनल्यान्ड (८७) र त्यसपछि न्युजिल्यान्ड (८५) छन । 

युरोपेली देशहरू 

शीर्ष पहिलो दसमध्ये आठमा युरोपेली देश छन्। डेनमार्क र फिनल्यान्ड बाहेक नर्वे, स्विडेन, स्विट्जरल्याण्ड, नेदरल्याण्ड, जर्मनी तथा लक्जमबर्ग शीर्ष स्थानमा छन्। 

सबैभन्दा भ्रष्ट देश 

सोमालिया मात्र ११ अङ्क जोडदै यो सूचीको पुछारमा छ । त्यसपछि १३ अंकसहित भेनेजुएला, सिरिया र सुडान छन् । 

एसियाली देशहरू 

सूचीमा पहिलो दस देशमध्ये सिंगापुर एक मात्र एसियाली देश हो, जुन पाँचौँ नम्बरमा छ भने हङकङ १४औँ र जापान १६औँ स्थानमा छन् । भारत वरियताको ९३ औँ स्थानमा छ र उसले १०० मा ३९ मात्र अङ्क पाएको छ । चीन अहिले ७६ औँ स्थानमा छ भने पाकिस्तानको १३३ औँ स्थानमा छ । 

अमेरिका 

अमेरिकाको स्थिति गत वर्षको जस्तै २४ औँ स्थानमा छ । यो सूचीमा २८ वटा त्यस्ता देश छन् जसको वरियतामा सुधार आएको छ भने ३४ वटा देशको वरियतामा गिरावट आएको छ । विश्वको ८० प्रतिशत जनसङ्ख्या औसत ४३ भन्दा कम स्कोर प्राप्त गर्ने देशमा बस्छन् ।

प्रतिक्रिया